दफा २९
जाँचबुझ गराउने नेपाल सरकारको अधिकार
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना
प्रकाशित गरी संस्थानको काम कारवाईको जाँचबुझ गर्न कुनै निरीक्षक नियुक्त गर्न वा समिति
गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको निरीक्षक वा गठन गरिएको समितिले संस्थानको
सबै हिसाब किताब र कागजपत्र जाँच्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त भएको निरीक्षक वा गठन गरिउको समितिले जाँचबुझ
गर्दा अपनाउनु पर्ने कार्यविधि तथा पालन गर्नु पर्ने शर्तहरु नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।